
काठमाडौँ, २८ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त प्रस्ताव राखेपछि पार्टीगत धारणा राख्दै उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
काठमाण्डु, ६ साउन– पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको सुरुवातले आफूहरुलाई झस्काएको बताएका छन । आज आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि प्रतिनिधिसभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै लामिछानेले यस्तो बताएका हुन ।
उनले ओलीसँग काम गर्ने रहर भएर अघिल्लो समिकरण बनाउन भूमिका खेलेको स्मरण गरेका छन । सुशासनमा ओली निर्ममतापूर्वक अगाडि बढ्ने आफ्नो विश्वास डगमगाएको उनले बताए । उनले भने, ‘सरकार फेरिएर होइन, हामीले सरकार छाड्नु परेर होइन’ उनले भने, ‘जुन संकेत सुरुवातमा देखियो, त्यसले हामीलाई झस्काएको छ ।’
उनले भने, ‘सरकार सुरु हुने वित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, हाजिरी जमानीमा छुटेको व्यक्ति बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो’, कांग्रेस सांसद विनोद चौधरीतर्फ संकेत गर्दै उनले भने, ‘बाँसबारी छालाजुत्ताको विषयको अनुसन्धान चलिरहँदा गीतको आवाज आयो बालकोटबाट, त्यहाँ हामीलाई शंका भयो ।’
मन्त्रिपरिषद् गठनमा पनि आफूहरुले जजसको विषय उठाएको थियो, उनीहरुलाई पुरस्कार दिएको देखिएको बताए । ‘नक्कली भुटानी शरणार्थी शिविरमा पुनः अनुसन्धान सुरु भयो, मन्त्रिमण्डलमा को गयो देशलाई राम्रोसँग थाहा छ’ परराष्ट्रमन्त्री आरजु देउवा राणातर्फ संकेत गर्दै उनले भने । ‘हामीले बालमन्दिरको विषय उठायौं, त्यहाँ पनि पुरस्कार ।
स्काउटको विषय हामीले उठायौं, फेरि मन्त्रिमण्डल हे¥यौं’ उनले अगाडि भने, ‘जहाँजहाँ हामीले विषय उठायौं, त्यहाँ त्यहाँ पुरस्कार पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने ?’