काठमाण्डु, ७ साउन– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । उनले आज सोमबार प्रदेश प्रमुख अमिक शेरचनले समक्ष दाबी पेस गरेका हुन ।
आइतबार जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए ।