नेपालमा डाक्टर, नर्स पढ्न पाउने व्यवस्था मिलाउनु पर्‍यो: कांग्रेस सांसद भण्डारी

काठमाण्डु टुडे २०८१ साउन ८ गते १६:०० मा प्रकाशित

काठमाण्डु, ८ साउन– कांग्रेस सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालमा डाक्टर, नर्स पढाउन मिल्ने व्यवस्था मिलाउनु पर्ने बताएका छन । आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भण्डारीले यस्तो बताउका हुन ।

उनले बंगलादेशलगायत बाहिरी मुलुकमा पढ्न जाने विद्यार्थीले गर्ने खर्चको हिसाब गरी नेपालमा पढ्न पाउने व्यवस्था गर्नुपर्ने पनि बताएका छन । सांसद भण्डारीले नेपालमा २५ प्रतिशत बालबालिका पुड्का जन्मिने गरेको पनि बताएका छन ।

उनले औषधि उपचारमा बेथिति रहेको बताए । गरिबीको रेखामुनी रहेको ८।७५ जनसङ्ख्यालाई औषधि उपचार निःशुल्क व्यवस्था मिलाउन उनले आग्रह गरेका छन ।

उनले भने, ‘गरिबलाई औषधिमा ६० प्रतिशत छुटको व्यवस्था गरे पनि औषधिबाट ४० प्रतिशत रकम अस्पताललाई फाइदा हुन्छ,’ उनले भने, ‘क्यान्सर, मिर्गौला लगायत उपचारमा सरकारले दिने पैसा दुरुपयोग भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us