२२ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ साउन ८ गते १३:५३ मा प्रकाशित

काठमाण्डु, ८ साउन– प्रहरीले २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । खोटाङको रावाबेसी गाउँपालिका–२ खार्पा बस्ने ३२ वर्षीय टेक बहादुर नेपालीलाई सोमबार बिहान पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

नेपालीले ती महिलालाई आफ्नै घरमा लगी आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us