प्राविधिक टोली सहित पोखरा उड्न लागेको थियो सौर्यको जहाज

काठमाण्डु टुडे २०८१ साउन ९ गते ११:५५ मा प्रकाशित

काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

जहाज भर्खरै दुर्घटनामा परेको हो । अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको थापाले जानकारी उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाले जानकारी दिएका छन ।

कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको स्रोतको दाबी छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us