६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोड्ने निर्णय

काठमाण्डु टुडे २०८१ साउन ८ गते १६:११ मा प्रकाशित

File Photos: THT

काठमाण्डु, ८ साउन– आज मंगलबारदखीनै विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रकं लाईनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us