रोल्पा, १५ भदौ– रोल्पाको त्रिवेणी गाउँपालिकाबाट आफ्नै आमामाथि बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन् । प्रहरीका अनुसार २९ वर्षीय ती युवकले शुक्रबार राति ५६ वर्षीया आमामाथि बलात्कार गरेका हुन् । रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीले मदिरामत्त छोराले आफूमाथि बलात्कार गरेको घटना...
बुटवल, १५ भदौ– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवल नभएकामा गुनासो नगर्न आग्रह गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल भवनको शनिबार बुटवलमा शिलान्यास गर्दै पौडेलले प्रदेश राजधानी भएन भनेर सधैँ गुनासो नगर्न भनेका हुन् । उनले प्रदेश राजधानी नभए पनि विकास...
चितवन, १५ भदौ– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ। मनसुन सुरु भएपछि सडक विस्तारको काम ठप्प पारेको निर्माण व्यवसायीलाई काममा ढिला गरे ठेक्का तोड्ने भनेर चेतावनी दिइएको सडक विभाग आयोजना निर्देशनालय...
काठमाण्डु, १५ भदौ– मनाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास क्षेत्र केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि १३ भदौमा बझाङको मासदेव आसपास...
काठमाण्डु, १४ भदौ– सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि आफैंले दिएको अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको इजलासले शुक्रबार अन्तरिम आदेश खारेज गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामसाहपथमा कार्यरत एसएसपी जीवनकुमार...
काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री केपी ओली सवार होलिकोप्टरमा प्राविधिक समस्या आएको छ । काभ्रेको धुलिखेल जान ओलीले प्रयोग गरेको नेपाली सेनाको हेलिकप्टरमा प्राविधिक समस्या देखिएको हो । काठमाण्डु विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन ओली शुक्रबार नेपाली सेनाको एनए–०६७ हेलिकप्टरमा धुलिखेल गएका थिए । उक्त...
काठमाण्डु, १४ भदौ– गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि ट्राफिक प्रहरीमाथि अभद्र व्यवहारमा उत्रिएका चारजना पक्राउ परेका छन् । भक्तपुर प्रहरी परिसरका डिएसपी राजन कार्कीले कपिलवस्तुका २६ वर्षीय सुदिप पराजुली, झापा बाह्रदशी गाउँपालिका–५ का ३१ वर्षीय सुवास बस्नेत, रामेछाप खाँडादेवी गाउँपालिका–६ का २७...
काठमाण्डु, १४ भदौ– टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले शुक्रबार उनीहरुलाई धरौटीमा छाडेको हो । प्रहरीले सोमबार ओली र देउवा सहभागी कार्यक्रममा...
काठमाण्डु, १४ भदौ– बारामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक कलैया उपमहानगरपालिका ११ निवासी २४ वर्षीय सन्दीपकुमार यादव रहेको प्रहरीले जनाएको छ । यादव आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, १४ भदौ– मुख्य सचिव बढुवामा असन्तुष्टि जनाउँदै सचिव तोयानारायण ज्ञवालीले राजीनामा बुझाएका छन । हिजो बिहीबारको मन्त्रिपरिषद् बैठकले चौथो नम्बरका सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्तिको निर्णय लिएसँगै सबैभन्दा वरिष्ठ सचिव ज्ञवालीले राजीनामा दिएका हुन । सरकारले आफूभन्दा कनिष्ठलाई नियुक्त गरेपछि अर्यालले राजीनामा...
काठमाण्डु, १४ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लगाउन कानुन (टीआरसी) बनेपछि देश विकासको बाटोमा अघि बढ्ने बताएका छन । आज शुक्रबार बुढानीलकण्ठको पार्क भिजेलमा आयोजना भएको दिर्द्यराज उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचनको अवसरमा बोल्दै...
काठमाण्डु, १४ भदौ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले योगको माध्यमबाट नेपाललाई संसारमा चिनाउन सकिने बताएका छन । आज शुक्रबार जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा भएको स्वजागरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन । उनले नेपाल योगका लागि जन्मभूमि रहेको उल्लेख गरे । उनले...