काठमाण्डु, १५ भदौ– मनाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास क्षेत्र केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि १३ भदौमा बझाङको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।