छोराद्वारा आमामाथि बलात्कार

काठमाण्डु टुडे २०८१ भदौ १५ गते १३:४२ मा प्रकाशित

रोल्पा, १५ भदौ– रोल्पाको त्रिवेणी गाउँपालिकाबाट आफ्नै आमामाथि बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार २९ वर्षीय ती युवकले शुक्रबार राति ५६ वर्षीया आमामाथि बलात्कार गरेका हुन् । रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीले मदिरामत्त छोराले आफूमाथि बलात्कार गरेको घटना महिलाले आफ्नी छोरीलाई भनेकी थिइन् ।

दाजुविरुद्ध उनकी बहिनीले आमामाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । जाहेरीमा घरमा सुतिरहेकी आमालाई मध्यरातमा मुख थुनेर बलात्कार गरेको उल्लेख छ । यद्यपि ती युवकले घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

युवकविरुद्ध हाडनाता करणीअन्तर्गतको कसुरमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us