काठमाण्डु, १६ भदौ– चितवन र मकवानपुरमा भारी वर्षा भएको छ । पछिल्लो एक घण्टाको चितवनको कल्याणपुरमा ४५.६ मिलिमिटर र देवघाटमा ३३.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मकवानपुरको हात्तीसुँडेमा पछिल्लो एक घन्टामा ५६ मिलिमिटर...
झापा, १५ भदौ- पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माई नगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । शनिबार साँझ प्र १-०२-००२ ख ००३५ नम्बरको यात्रुवाहक बसले बाटो...
पोखरा, १५ भदौ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुंवरबारे विवादास्पद अभिव्यक्ति दिएका छन् । एमाले सम्वद्ध पत्रकारको संस्था प्रेस चौतारीले शनिबार पोखरामा गरेको पत्रकार भेटघाट गुरुङले प्रहरी महानिरीक्षक कुंवरका कारण प्रहरी समायोजन हुन नसकेको बताए । प्रहरी समायोजनमा सहयोग नगरेको तथा सरकारको...
विराटनगर, १५ भदौ– मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई बालिका मृत फेला परेका छन् । स्थानीय नारायण न्यौपानेको केरा बारीभित्र ३ वर्षीया आयिका कार्की र उनकी बहिनी १ वर्षकी अर्पणा मृत फेला परेका हुन् । उनीहरु धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्कीका छोरीहरु रहेको प्रहरीले...
काठमाण्डु, १५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान सत्ता गठबन्धनबाट मुलुकले कुनै आशा गर्न नसक्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेश भेलालाई शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै सभापति लामिछानेले तीन वर्ष बाँडीचुँडी खानेबाहेक यो सरकारले केही गर्न नसक्ने टिप्पणी गरे ।...
काठमाण्डु, १५ भदौ– काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन अन्नपूर्ण मिडिया नेटवर्कका अध्यष क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् । थापाद्वारा लिखित पुस्तकको शनिबार राजधानीमा आयोजित विमोचन समारोहलाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी ओली र आफूलाई नजिक ल्याउन थापाले...
काठमाण्डु, १५ भदौ– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एक पटक राष्ट्रपति र दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने प्रस्ताव केन्द्रीय समितिबाट पारित हुने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले उक्त प्रस्ताव आफूले प्रस्ताव गरेको र केन्द्रीय समितिले भोलि त्यसलाई पारित गर्ने...
काठमाण्डु, १५ भदौ– प्रधानमन्त्री केपी ओलीले आफूलाई डराउनुपर्ने र खुट्टा कमाउनुपर्ने कुनै कारण नभएको बताएका छन् । क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा शनिबार ओलीले बंगलादेश र श्रीलंकाको घटनालाई लिएर डराउनुपर्ने कुनै कारण नभएको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’श्रीलंका र बंगलादेशबाट...
काठमाण्डु, १५ भदौ– चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका सयौँको संख्याका गाडी तथा यात्री बस कालीकोट र दैलेख...
काठमाण्डु, १५ भदौ– प्रधानमन्त्री केपी ओलीले आफ्नो प्रधानमन्त्री कार्यकाल अझै १ वर्ष १० महिना १५ दिन बाँकी रहेको बताएका छन् । अन्नपूर्ण मिडियाका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक ‘इन्टु द फायर’ को शनिबार सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा विमोचन गर्दै उनले आफूले समय...
काठमाण्डु, १५ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरुको षड्यन्त्रप्रति गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन् । शनिबार काठमाण्डुमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरुमा सुधार ल्याउने र त्यसबाट रोजगारीको...
काठमाण्डु, १५ भदौ– काठमाण्डुको कलंकीमा आफैं पल्टिएको स्कुटरलाई बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मकालु पेट्रोल पम्पनजिकै बा९५प ७६३५ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा लडेको थियो । सोही दिशामा पछाडिबाट आउँदै गरेको बसले च्यापिएर स्कुटर चालक पाल्पा पाल्पा घर भई हाल...