बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १५ गते २१:२४ मा प्रकाशित

झापा, १५ भदौ- पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम माई नगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

शनिबार साँझ प्र १-०२-००२ ख ००३५ नम्बरको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १-०१-०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल पछाडि बसेकी तुलसा घाइते भएकी थिइन् ।

उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक कन्काई नगरपालिका–३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माईनगरपालिका–४ कै ठिरप्रसाद सुवेदी समेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us