काठमाण्डु, १५ भदौ– काठमाण्डुको कलंकीमा आफैं पल्टिएको स्कुटरलाई बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
मकालु पेट्रोल पम्पनजिकै बा९५प ७६३५ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा लडेको थियो ।
सोही दिशामा पछाडिबाट आउँदै गरेको बसले च्यापिएर स्कुटर चालक पाल्पा पाल्पा घर भई हाल काठमाण्डु बस्दै आएका विष्णुबहादुर मगरको मृत्यु भएको काठमाण्डु प्रही पसिरमा प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
गम्भीर घाइते भएका मगरलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनालगत्तै बसमा चालक फरार भएका छन् । बस भने प्रहरी नियन्त्रणमा छ ।