पोखरा, १५ भदौ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुंवरबारे विवादास्पद अभिव्यक्ति दिएका छन् ।
एमाले सम्वद्ध पत्रकारको संस्था प्रेस चौतारीले शनिबार पोखरामा गरेको पत्रकार भेटघाट गुरुङले प्रहरी महानिरीक्षक कुंवरका कारण प्रहरी समायोजन हुन नसकेको बताए । प्रहरी समायोजनमा सहयोग नगरेको तथा सरकारको नीतिको विपक्षमा बोलेकाले महानिरीक्षकको जिब्रो थुत्नुपर्ने उनको भनाइ थियो ।
निजामती र संघीय प्रहरी ऐन आउने, फर्किने धेरैपटक भइरहेको छ। तर, अब लन्च गर्ने तयारी छ । त्यसको धेरै अवरोध गर्ने त्यही सेक्टरको मान्छेबाट भइरहेको छ। प्रहरीको आईजीपीले के भन्यो, म यो कानुन लागू नै गर्दिनँ हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउनेरु त्यस्को जिब्रो थुत्नुपर्थ्यो मैले भन्दाखेरी,’ उनले भने,‘सरकारको नीतिको, व्यवस्थाको विरुद्धमा एउटा सस्थाको प्रमुखले बोल्न पाउँदैन नि । उहाँले ल्याउँदै ल्याउँदिन प्रहरी ऐन भन्ने टाइपको बोलेको रे भन्ने सुनेको मैले ।’