काठमाण्डु, १४ भदौ– देशभर तनहुँ र कास्की जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित फेला परेका छन । देशभर २७ अगस्ट सम्ममा ५ हजार ५८९ जना सङ्क्रमितमध्ये तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमण फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)...
काठमाण्डु, १४ भदौ– पूर्वी नवलपरासीको विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट घर भएका २८ वर्षीय मोहम्मद राजा रहेको प्रहरीले जानकारी दिएको...
काठमाण्डु, १४ भदौ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको कक्षा १० को एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको बताएका छन । काभ्रेको धुलिखेलस्थित काठमाण्डु विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री...
काठमाण्डु, १४ भदौ– प्रहरी र सशस्त्रको सरुवा स्वाभाविक भएको बताउँदै गृहमन्त्री रमेश लेखकले त्यसमा आफ्नो ध्यान नभएको बताएका छन । आज शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै लेखकले भने, ‘सरुवाको नाममा अवाञ्छित काम गरिने छैन, सरुवा हिजो हुन्थ्यो भोली पनि हुन्छ ।’ सुरक्षा निकायलाई सक्षम बनाउने...
काठमाण्डु, १४ भदौ– नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन । माओवादी केन्द्रले दल र संसदको तर्फबाट समर्थन फिर्ता लिएको...
काठमाण्डु, १४ भदौ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन निर्देशन दिएका छन । सामाजिक सञ्जाल फेसबुकबाट अर्याललाई बधाई दिंदै प्रधानमन्त्रीले ओलीले यस्तो निर्देशन दिएका हुन । उनले नागरिकलाई...
काठमाण्डु, १४ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्माले पार्टीमा राखेको लिखित प्रस्तावलाई सहज रूपमा लिएको बताएका छन । प्रस्ताव पार्टी बनाउने चिन्ताका साथ आएको र आफूले सहज रूपमा लिएको प्रचण्डले बताएका छन । शुक्रबार सुर्खेत...
काठमाण्डु, १४ भदौ– अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । काठमाण्डुबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले बिहीबार साँझ ठक्कर दिँदा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ...
काठमाण्डु, १४ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले शक्तिको प्रतीक तलेजु भवानी र श्री भैरवको पूजा गरेका छन । सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम अन्तर्गत आज दरबार स्क्वायर क्षेत्र पुगेका पौडेलले सोही अवसरमा तलेजु भवानी र भैरवको पूजा गरेका हुन । सो क्रममा उनले आम नागरिकसँग संवाद...
काठमाण्डु, १४ भदौ– संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार सम्बन्धी कसुरमा पाँच वर्षीय हदम्याद हटाउने विषय सर्वसम्मतिले पारित गरेको छ । आज शुक्रबार बसेको समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सरकारले ल्याएको पाँच वर्षीय हदम्याद हटाउन...
काठमाण्डु, १४ भदौ– बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् । बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेलापरेको प्रहरीले जानकारी दिएको छ । बालिकाको...
काठमाण्डु, १४ भदौ– धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा रहेको प्रहरीले जनाएको छ । उनी ज्यालादारी कर्मचारी रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।...