सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १४ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– पूर्वी नवलपरासीको विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट घर भएका २८ वर्षीय मोहम्मद राजा रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा उद्धार गरेर अस्पताल लगेपछि उपचारको क्रममा उनीहरूको मृत्यु भएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिएका छन ।

विनयी त्रिवेणी गाउँपालिका घर भएका प्रकाशसिंह क्षेत्रीको शव जिल्ला अस्पताल नवलपरासी पश्चिममा राखिएको छ । अन्य दुई जनाको शव भैरहवास्थित भीम अस्पतालमा रहेको प्रजिअ पोखरेलले जानकारी दिएका छन ।

स्थानीय भोलासिंह क्षेत्रीको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा उनीहरू अचानक बेहोस भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us