कोशीमा माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाण्डु टुडे २०८१ भदौ १४ गते १४:३७ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन ।

माओवादी केन्द्रले दल र संसदको तर्फबाट समर्थन फिर्ता लिएको नेता आङ्बोले जानकारी दिएका छन । २७ वैशाखमा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए ।

समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिएका छन । नेपाली कांग्रेसले पनि सरकारलाई समर्थन गरेको पत्र दर्ता गरेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us