काठमाण्डु, १६ भदौ– चितवन र मकवानपुरमा भारी वर्षा भएको छ ।
पछिल्लो एक घण्टाको चितवनको कल्याणपुरमा ४५.६ मिलिमिटर र देवघाटमा ३३.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मकवानपुरको हात्तीसुँडेमा पछिल्लो एक घन्टामा ५६ मिलिमिटर वर्षा भएको छ ।
यस्तै ओखलढुंगामा ३६.२ मिलिमिटर वर्षा भएको छ ।
काठमाण्डु उपत्यकासहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।