समाचार

ममता काफ्ले प्रकरणः घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको फोटो सार्वजनिक

२०८१ भदौ १६ गते १५:०७

काठमाण्डु, १६ भदौ– अमेरिकाको भर्जिनियास्थित मनासस पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन । उनको बेपत्तामा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले भट्टलाई नियन्त्रणमा लिएको छ । र, अदालतमा शरीर लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा अदालत समक्ष...

प्रस्तावित राजदूत तुलाधरको जवाफः सबै पदबाट राजीनामा दिइसकेँ

२०८१ भदौ १६ गते १४:५६

काठमाण्डु, १६ भदौ– डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले राजदूत सिफारिस हुनु अगाडि नै गैर सरकारी संस्था बालमजदुर सरोकार केन्द्र (सिबिन) को सबै पदबाट राजीनामा दिइसकेको बताएकी छन । आज आइतबार संसदीय सुनुवाइ समितिको आइतबार बसेको बैठकमा सांसदहरुले प्रस्तावित राजदूत तुलाधरसँग सिबिनसँगको आवद्धतामाथि प्रश्न...

रोजगारीको प्रलोभन देखाएर सामूहिक बलात्कार गरेको आरोपमा २ कर्मचारी सहित ३ जना पक्राउ

२०८१ भदौ १६ गते १४:४५

काठमाण्डु, १६ भदौ– प्रहरीले रुपन्देहीको कोटहीमाई गाउँपालिकाकी एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारी सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरीसहित वडा नम्बर ३ का बन्टी भन्ने शैलेश पाण्डे रहेको...

माओवादीको सर्कुलर: जनार्दनले स्पष्ट पारिसके, पार्टी एकताबद्ध छ

२०८१ भदौ १६ गते १४:३४

काठमाण्डु, १६ भदौ– नेकपा माओवादी केन्द्रले पार्टी एकताबद्ध रहेको र रहिरहने बताएको छ । पार्टी विभाजनतर्फ अघि बढेको टिकाटिप्पणी चलिरहने पनि हालै सम्पन्न स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले सबै कुरा स्पष्ट पारिसकेकाले त्यस्तो कुनै सम्भावना नरहेको माओवादीले बताएको छ । स्थायी कमिटी बैठकपछि...

जुम्लाको चट्याङ लागेर ५६ भेडा मरे

२०८१ भदौ १६ गते १४:२४

काठमाण्डु, १६ भदौ– जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडाको मृत्यु भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित लामाचौर पाटनमा शनिबार राति चट्याङ पर्दा ५६ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतीले जानकारी दिएका छन । पातरासी–२ तल्फिका ६ जना किसानका...

मिटरब्याज पीडितहरूका समस्या चाँडो समाधान गरौँ: सांसद गैरे

२०८१ भदौ १६ गते १४:०८

काठमाण्डु, १६ भदौ– एमाले नेता एवं सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको भन्दै आपति जनाएका छन । आज आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले पीडितहरूको कुरा प्रतिनिधि सभाको बैठकमा उठेको भएपनि...

वायु प्रदूषणका कारण बर्सेनि ४८ हजारभन्दा बढी नेपालीको मृत्यु

२०८१ भदौ १६ गते १४:०१

काठमाण्डु, १६ भदौ– नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४८ हजार भन्दा बढी नेपालीको मृत्यु हुने गरेको छ । काठमाण्डु उपत्यकामा मात्रै वर्षमा ५ हजारभन्दा बढीको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको वातावरणविद् भूषण तुलाधरले जानकारी दिएका छन । ‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत...

न्यायपरिषद्‍मा नेपाल बारको धर्ना

२०८१ भदौ १६ गते १३:४१

काठमाण्डु, १६ भदौ– नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न माग राखी न्यायपरिषद्मा धर्ना सुरु भएको छ । विभिन्न माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा आइतबार मध्याह्नदेखि धर्ना सुरु भएको हो । न्यायाधीश नियुक्ति पारदर्शी हुनुपर्ने, यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने लगायतका माग राखेर परिषद्मा धर्ना सुरु...

चीनबाट वर्षमा १० लाख पर्यटक ल्याउन सकिन्छ: प्रस्तावित राजदूत ओली

२०८१ भदौ १६ गते १३:३०

काठमाण्डु, १६ भदौ– चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्णप्रसाद ओलीले चीनबाट वर्षमा १० लाख पर्यटक ल्याउन सकिने बताएका छन । आज आइतबार संसदीय सुनुवाइ समितिमा सांसदहरुको सोधेको प्रश्नको जवाफ दिँदै प्रस्तावित राजदूत ओलीले यस्तो बताएका हुन । उनले भने, ‘चिनियाँ पर्यटकहरुलाई ल्याउन सक्दा‘सालमा धेरै...

अपराधविरुद्ध सबै एकजुट भएर अघि बढ्नु पर्छः आईजी कुँवर

२०८१ भदौ १६ गते १३:२३

काठमाण्डु, १६ भदौ– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले अपराधविरुद्ध सबै जना एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन । विश्वमा हाल संगठित र संक्रमणकालिन अपराध चुनैतीको रुपमा देखा परेको बताउँदै आईजी कुँवरले त्यस्ता अपराधविरुद्ध सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला भएको बताएका हुन...

माछा मार्नेबेला खोलाले बगाउँदा एक युवा बेपत्ता

२०८१ भदौ १६ गते १३:१८

गुल्मी, १६ भदौ– गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा चन्द्रकोट गाउँपालिका–८ मजुवा निवासी १६ वर्षीय असिम कुमाल रहेको प्रहरीले जानकारी दिएको छ । कुमाल आज बिहान माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी...

भैंसेपाटीको एक होस्टलमा विद्यार्थी मृत अवस्थामा फेला

२०८१ भदौ १६ गते १३:१०

काठमाण्डु, १६ भदौ– ललितपुरको भैंसेपाटीस्थित एक स्कुलको होस्टमा एक जना विद्यार्थी मृत अवस्थामा फेला परेका छन । ललितपुर महानगरपालिका–२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङ घर भएका २० वर्षीय सकलु मर्डी होस्टेलमै मृत भेटिएका प्रहरीले जानकारी दिएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us