काठमाण्डु, १७ भदौ– प्रधानमन्त्री केपी ओलीले सरकारको नीति कार्यक्रम र बजेटमा समावेश गाँजा खेतीसम्बन्धी योजनालाई वैधता दिन नसक्ने भन्दै उक्त कार्य रोक्न आइतबार उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल उद्योग मन्त्रालयका अधिकारीहरुलाई सामूहिक निर्देशन दिए । मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने...
काठमाण्डु, १७ भदौ– प्रधानमन्त्री केपी ओलीले कुशे औंसीको शुभकामना दिएका छन् । बुबा मोहनप्रसाद ओलीलाई खिर खुवाउँदै गरेको पुरानो तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै ओलीले शुभकामना दिएका हुन् । ओलीले संस्कृतिले पिताजीलाई पालनकर्ता, ज्ञानदाता र संरक्षकका रुपमा सम्मान गर्ने भन्दै सबै पिताजीहरुको सुस्वास्थ्य...
चितवन, १७ भदौ– चितवनमा डेंगी संक्रमणका कारण एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका अधिकृत विमल पटेलका अनुसार मृतक शुक्रबार अस्पताल भर्ना भएका थिए । चितवनमा हालसम्म...
काठमाण्डु, १७ भदौ– अमेरिकाको मेरिल्याण्डमा एक नेपाली मृत फेला परेका छन् । मृत्यु हुनेमा ४७ वर्षीय शान्तलाल प्रधान छन् । प्रधान गत मंगलबार आफ्नै अपार्टमेन्टमा मृत फेला परेका हुन् । उनको नेपालस्थित ठेगाना पर्वत भएको अमेरिकामा रहेका नेपाली पत्रकार किरणबाबु मरहठ्ठाले जानकारी दिए ।...
काठमाण्डु, १७ भदौ– अघिल्लो सरकारले नीति कार्यक्रम र बजेटमार्फत ल्याएको गाँजा खेतीको योजना वर्तमान सरकारले रोक्ने भएको छ । प्रधानमन्त्री केपी ओली स्वयंले गाँजा खेतीलाई वैधता दिन नसकिने बताएपछि उक्त योजना रोकिने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीसँगको बैठकमा ओलीले...
काठमाण्डु, १७ भदौ– काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गएराति उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । पनौती नगरपालिका–६ स्थित निर्माणाधीन नेपाल...
काठमाण्डु, १७ भदौ– आज भादौ कृष्ण औँसी अर्थात कुशे औँसी पर्व । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर यो पर्व मनाउँदैछन् । ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक जनविश्वास...
काठमाण्डु, १६ भदौ– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर आकस्मिक अवतरण गरेको छ । डोल्पाबाट सुर्खेतका लागि उडेको मुख्यमन्त्री सवार सिम्रिक एयरको ९–एन एकेडी कलसाइनको हेलिकप्टर खराब मौसमका कारण रुकुमको आठबिसकोट नगरपालिका–९ राडीमा गरिएको हो । सिम्रिक एयरका कर्णाली प्रदेश इञ्चार्ज कमल गौतमले...
काठमाण्डु, १६ भदौ– काँग्रेस केन्द्रीय कार्यसमितिले आइतबार तीनवटा प्रस्ताव पारित गरेको छ । बैठकले गत १० फागुनमा सम्पन्न महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिका प्रस्ताव परिमार्जनसहित पारित गरेको...
काठमाण्डु, १६ भदौ– काँग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बनेरै छाड्ने बताएका छन् । काँग्रेस र एमालेबीच गत १७ असारमा मध्यराति भएको सात बुँदे सहमतिमा दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ । शनिबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले...
काठमाण्डु, १६ भदौ– ललितपुर महानगरपालिका–९ च्यासलस्थित एमाले मुख्यालय नजिकै दोभान खोला पुलबाट एक किशोरी हामफालेकी छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले आइतबार राति ७ बजे पुलमाथिबाट किशोरी हामफालेर बेपत्ता भएको जानकारी दिए । उनका अुनसार बेपत्ता हुनेमा रूकुम मुसिकोट घर भई...
काठमाण्डु, १६ भदौ– कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा थापाले चुनौती सामना गर्न काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीबीच विश्वास र सौहार्दपूर्ण सम्बन्ध हुनुपर्ने बताए । माओवादी...