काठमाण्डु, १६ भदौ– काँग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बनेरै छाड्ने बताएका छन् ।
काँग्रेस र एमालेबीच गत १७ असारमा मध्यराति भएको सात बुँदे सहमतिमा दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ ।
शनिबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले अब देउवा प्रधानमन्त्री बन्न नहुने भन्दै त्याग गर्न सुझाएका थिए । जवाफमा देउवाले कसैले भन्दैमा आफू प्रधानमन्त्री बन्ने मनस्थितिबाट पछि नहट्ने स्पष्ट गरेका हुन् ।
शर्माले प्रधानमन्त्रीमा दोश्रो तहका नेतालाई अघि सार्न देउवालाई सुझाव दिएका थिए ।
दोश्रो तहका नेता प्रधानमन्त्री बन्दा देउवाले त्याग गरेको देखिने तथा अर्को नेताको कदर हुनुका साथै ०८४ को निर्वाचनमा काँग्रेसमा नयाँ अनुहार देखिने तर्क गरेका थिए ।
‘म प्रधानमन्त्री बन्छु बन्छु’, देउवाले भने, ‘तपाईंले भनेर मैले त्याग गर्नुपर्ने हो र ?’ ।