एमाले मुख्यालय अगाडिको पुलबाट खोलामा हामफालेर किशोरी बेपत्ता

काठमाण्डु टुडे २०८१ भदौ १६ गते २०:२८ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– ललितपुर महानगरपालिका–९ च्यासलस्थित एमाले मुख्यालय नजिकै दोभान खोला पुलबाट एक किशोरी हामफालेकी छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले आइतबार राति ७ बजे पुलमाथिबाट किशोरी हामफालेर बेपत्ता भएको जानकारी दिए । उनका अुनसार बेपत्ता हुनेमा रूकुम मुसिकोट घर भई हाल बालकुमारी डेरा गरी बस्ने २० वर्षीया अन्जली शर्मा छिन् ।

घटनास्थलमा भेटिएको ब्याग र सुसाइट नोटका आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ । एसपी सुवेदीले किशोरीको खोजीकार्य जारी रहेको बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us