काठमाण्डु, १६ भदौ– नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न माग राखी न्यायपरिषद्मा धर्ना सुरु भएको छ । विभिन्न माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा आइतबार मध्याह्नदेखि धर्ना सुरु भएको हो ।
न्यायाधीश नियुक्ति पारदर्शी हुनुपर्ने, यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने लगायतका माग राखेर परिषद्मा धर्ना सुरु गरिएको अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन ।
बारले वकिलको वरियता पछाडि पारेर कर्मचारीलाई अगाडि राखेको र त्यही आधारमा न्यायाधीश नियुक्तिको चलखेल भएको जनाउँदै असन्तुष्टि जनाउँदै आएको छ ।