काठमाण्डु, १६ भदौ– ललितपुरको भैंसेपाटीस्थित एक स्कुलको होस्टमा एक जना विद्यार्थी मृत अवस्थामा फेला परेका छन ।
ललितपुर महानगरपालिका–२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङ घर भएका २० वर्षीय सकलु मर्डी होस्टेलमै मृत भेटिएका प्रहरीले जानकारी दिएको छ ।
उनी शनिबार मृत भेटिएका थिए । घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन ।