अपराधविरुद्ध सबै एकजुट भएर अघि बढ्नु पर्छः आईजी कुँवर

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले अपराधविरुद्ध सबै जना एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन ।

विश्वमा हाल संगठित र संक्रमणकालिन अपराध चुनैतीको रुपमा देखा परेको बताउँदै आईजी कुँवरले त्यस्ता अपराधविरुद्ध सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला भएको बताएका हुन ।

आज आइतबार दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित वाकाथोन कार्यक्रममा बोल्दै आईजी कुँवरले यस्तो बताएका हुन ।

कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us