प्रस्तावित राजदूत तुलाधरको जवाफः सबै पदबाट राजीनामा दिइसकेँ

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १४:५६ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले राजदूत सिफारिस हुनु अगाडि नै गैर सरकारी संस्था बालमजदुर सरोकार केन्द्र (सिबिन) को सबै पदबाट राजीनामा दिइसकेको बताएकी छन ।

आज आइतबार संसदीय सुनुवाइ समितिको आइतबार बसेको बैठकमा सांसदहरुले प्रस्तावित राजदूत तुलाधरसँग सिबिनसँगको आवद्धतामाथि प्रश्न गरेका थिए ।

जवाफमा तुलाधरले यो प्रश्न अपेक्षित भएको बताइन् । उनले भनिन्, ‘म देशको कानुन र नियम अनुसार नै चल्ने छु, ‘त्यही भएर सिफारिस हुनु अगाडि नै म जुन संस्थामा संलग्न छु, सबै पदबाट राजीनामा दिइसकेको छु ।’ नागरिक समाज एनजीओमा मात्र सीमित नभएको समेत उनले बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us