काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री केपी ओली सवार होलिकोप्टरमा प्राविधिक समस्या आएको छ ।
काभ्रेको धुलिखेल जान ओलीले प्रयोग गरेको नेपाली सेनाको हेलिकप्टरमा प्राविधिक समस्या देखिएको हो । काठमाण्डु विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन ओली शुक्रबार नेपाली सेनाको एनए–०६७ हेलिकप्टरमा धुलिखेल गएका थिए ।
उक्त हेलिकोप्टरमा समस्या देखिएपछि ओली सेनाकै एमआई–१७ हेलिकोप्टर मगाएर फर्किएको उनको सचिवालयले जनाएको छ । तर, हेलिकोप्टरमा कस्तो प्राविधिक समस्या देखिएको हो भन्नेबारे स्पष्ट गरिएको छैन ।