समाचार

सिंहदरबारमा राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

२०८१ भदौ ३० गते १२:२४

काठमाण्डु ३० भदौ– सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा जारी छ । छलफलमा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरू सहभागी रहेका छन । नेकपा माओवादी केन्द्रले सदन अवरोध गर्ने बताएपछि संसद् बैठक...

अकोराबमा मिले काँग्रेस, एमाले र माओवादी पत्रकार, अध्यक्षमा पुनः गिरी

२०८१ भदौ ३० गते १०:४६

काठमाण्डु, ३० भदौ– सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) अध्यक्षमा दोश्रो कार्यकालमा लागि अर्जुन गिरी निर्वाचित भएका छन् । ललितपुरमा जारी संघको १८औं साधारणसभा तथा आठौं अधिवेशनबाट गिरी पुनः निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष गोपाल बराइली, मधेसी...

चालक र सह–चालक त्रिशूलीमा ट्रक खसालेर भागेजस्तो देखिन्छः प्रहरी

२०८१ भदौ ३० गते १०:३७

चितवन, ३० भदौ– प्रहरीले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट मालबाहक ट्रक त्रिशूली नदीमा खसेको घटना शंकास्पद रहेको जनाएको छ । तेल बोकेर काठमाण्डु आइरहेको ना६ख ६२८३ नम्बरको ट्रक २९ किलो भन्ने स्थानबाट आइतबार बिहान त्रिशूलीमा खसेको थियो । चितवन प्रहरीका डिएसपी भेषराज...

एमाले नेता जुवाखालबाट पक्राउ, १८ लाख बरामद

२०८१ भदौ ३० गते १०:२७

विराटनगर, ३० भदौ– मोरङमा जुवाखालबाट पूर्वगाउँपालिका अध्यक्षसहित ९ जना पक्राउ परेका छन् । प्रहरीले ग्रामथान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेका बेला गाउँपालिकाका पूर्वअध्यक्ष एमाले नेता शिवनारायण माझीसहित ९ जनालाई शनिबार राति पक्राउ गरेको हो । माझी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट पालिका अध्यक्ष निर्वाचित भएका...

‘एउटा केटो मनपरी बोल्छ’ भन्ने ओलीको टिप्पणीमा बालेनको जवाफः नाबालिग कुट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ

२०८१ भदौ ३० गते ९:०७

काठमाण्डु, ३० भदौ– प्रधानमन्त्री केपी ओली र काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच जुहारी चलेको छ । ओलीले सार्वजनिक रुपमा एकपछि अर्को बालेन लक्षित टिप्पणी गर्दै आएका छन् । बालेन ओलीको जवाफ सामाजिक सञ्जाल फेसबुकबाट दिइरहेका छन् । शनिबार राजधानीमा एमालेद्वारा आयोजित स्थानीय...

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२०८१ भदौ ३० गते ८:४३

ताप्लेजुङ, ३० भदौ– ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर गएराति १२ बजेर ८ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको धक्का छिमेकी जिल्लाहरु धनकुटा, तेह्रथुम र संखुवासभासम्म...

काठमाण्डु आइरहेको ट्रक त्रिशूलीमा खस्यो

२०८१ भदौ ३० गते ८:३५

चितवन, ३० भदौ– नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ बाट मालबाहक ट्रक त्रिशूली नदीमा खसेको छ । काठमाण्डु जाँदै गरेको ना६ख ६२८३ नम्बरको ट्रक २९ किलो भन्ने स्थानबाट त्रिशूलीमा खसेको चितवन प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार ट्रकमा खाने तेल राखिएको...

मध्यरातमा केपी ओलीमाथि बालेनले लगाए गम्भीर आरोप

२०८१ भदौ २९ गते २३:३२

काठमाण्डु, २९ भदौ- काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री केपी ओलीका कारण पीडित बालिकाहरुको न्याय नपाएर मर्नुपरेको कारण आफूले बाल दिवसको शुभकामना नदिएको बताएका छन् । शनिबार राति सामाजिक सन्जाल फेसबुकमा पोस्ट गर्दै साहले ओलीलाई उक्त आरोप लगाएका हुन् ।’ पीडित बालिकाहरुले प्रम...

सहकारीले अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्ः ओली

२०८१ भदौ २९ गते २१:२४

काठमाण्डु, २९ भदौ- प्रधानमन्त्री केपी ओलीले अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्बाका रूपमा सहकारी रहेको बताएका छन् । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिको शनिबार सिंहदबारमा बसेको बैठकमा सहभागी भएका ओलीले सरकारले अर्थतन्त्रको विकासमा सहकारीलाई प्राथमिकता दिएको बताए । विश्व अर्थतन्त्र संकटमा परेका बेला...

बसले पिकअपलाई, पिकअपले साइकललाई ठक्कर, साइकल चालकको मृत्यु

२०८१ भदौ २९ गते २०:५७

चितवन, २९ भदौ- रायणगढ–मुग्लिन सडकमा शनिबार सवारी दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु भएको छ ।। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ रामनगरका ६४ वर्षीय राम थापा छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–१ पानी ट्यांकी ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बागमती प्रदेश...

कलंकीबाट ५ लाख बढीका सुनचाँदीका गरगहना चोरी

२०८१ भदौ २९ गते १८:०२

काठमाण्डु २९ भदौ– काठमाण्डुको कलंकीबाट ५ लाख बढीका सुनचाँदीका गरगहना चोरी भएको छ । बिहीबार काठमाण्डु महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने संखुवासभा सभापोखरी नगरपालिका–६ घर भएकी ३१ वर्षीया अनिसा राईको कोठाबाट करिब ५ लाख ३ हजार रूपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको प्रहरीले जनाएको...

ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

२०८१ भदौ २९ गते १७:४४

काठमाण्डु २९ भदौ– प्रहरीले ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउलाई पक्राउ गरेको छ । बिहीबार जिल्लाको कोन्ज्योसोम गाउँपालिका–१ ठोस्ने खोला बस्ने २१ वर्षीय सन्तोष सापकोटालाई भरुवा बन्दुक १ थान सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us