काठमाण्डु ३० भदौ– कांग्रेस नेता शङ्कर भण्डारीले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अस्वाभाविक भएको दाबी गरेका छन । आज आइतबार भण्डारीले जारी गरेको विज्ञप्तिमा भनेका छन्, त्यसका अतिरिक्त कुनै व्यक्ति विशेष तथा संस्था...
काठमाण्डु ३० भदौ– अमेरिकाबाट काठमाण्डु आएका ७६ वर्षीय दण्डपाणि भुसाल गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेपत्ता भएका थिए । गएराति १० बजे विमानस्थलबाट हराएका भुसाल भेटिएका छन । उनी सातदोबाटोमा भेटिएका हुन । पर्वतको पैयाँ गाउँपालिका वडा नम्बर–१ घर भएका भुसाल सातदोबाटोमा भेटिएको प्रहरी वृत्त...
काठमाण्डु ३० भदौ– केहि समय अधि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट निष्कासनमा परेका डा. मुकुल ढकालले रवि लामिछानेले विभिन्न सहकारीबाट करिब ९५ करोड रुपैयाँ ठगेको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन । आज आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले...
काठमाण्डु ३० भदौ– चितवन जिल्लाको भरतपुर महानगरपालिका–१९ स्थित सिमलताल (२५ किलो) भन्ने ठाउँबाट त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन । चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिएका छन । ना.६ ख–६२८३ नम्बरको...
काठमाण्डु ३० भदौ– सत्तारुढ दल एमालेले सभामुखले रूलिङ गरेको हिंसा शब्दलाई लिएर नेकपा माओवादीले संसद् अवरोध गरे त्यसको क्षति माओवादीलाई हुने चेतावनी दिएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूको बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले...
काठमाण्डु ३० भदौ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा रूपमा प्रस्तुत भएका छन । आज (आइतबार) ओलीको गृह जिल्ला झापा पुगेर प्रचण्डले उनलाई सुधार्न आफूले धेरै कोसिस गरेपनि सम्भव नभएको बताएका छन ।...
काठमाण्डु ३० भदौ– एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै उपसभामुख प्रकरण गिजोलेको आरोप लगाएका छन । आज (आइतबार) सभामुखसहित दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उपसभामुख इन्दिरा रानाले कमजोरी गरेको रास्वपाले पनि स्वीकार गरिसकेको पनि बताएका छन...
काठमाण्डु ३० भदौ– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूको अनौपचारिक छलफल जारी छ । उनीहरू बिच आजको संसद् बैठक सञ्चालनमा अवरोध गर्ने नगर्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । केही बेरअघि सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा सभामुख लगायत...
काठमाण्डु ३० भदौ– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायम राख्ने बताएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले यस्तो जानकारी दिए । उनले सभामुख घिमिरेले पनि दलमा थप छलफल गर्न...
काठमाण्डु ३० भदौ– हिजो शनिबार अपराह्न काठमाण्डुको कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला गरीएको हो । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाण्डु उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप...
काठमाण्डु ३० भदौ– कैलालीमा बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा भेटिएका छन । भजनी नगरपालिका र टीकापुर नगरपालिकामा गरेर दुई जना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । कौलालीको टीकापुर नगरपालिका–६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेको जिल्ला...
काठमाण्डु ३० भदौ– झापामा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जानकारी दिएको छ । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएको प्रहरीले जानकारी दिएको छ । त्यहाँ...