त्रिशूलीमा खसेको ट्रक चालकको मोबाइल स्विचअफ

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १४:२१ मा प्रकाशित

काठमाण्डु ३० भदौ– चितवन जिल्लाको भरतपुर महानगरपालिका–१९ स्थित सिमलताल (२५ किलो) भन्ने ठाउँबाट त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन ।

चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिएका छन ।

ना.६ ख–६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुर आउँदै गरेको थाहा भएको उनले जानकारी दिएका छन । ट्रकमा २२ सय २५ काटुर्न तेल लोड गरिएको थियो ।

दुर्घटना शङ्कास्पद रहेकोले अनुसन्धान गर्नुपर्ने देखिएको पनि प्रहरीले जानकारी दिएको छ । डीएसपी रिजाल भन्छन्, ‘घटना अनुसन्धान गर्नुपर्ने देखिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us