बालेनप्रति प्रधानमन्त्रीको अभिव्यक्ति अस्वाभाविक: कांग्रेस नेता भण्डारी

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १४:५५ मा प्रकाशित

काठमाण्डु ३० भदौ– कांग्रेस नेता शङ्कर भण्डारीले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अस्वाभाविक भएको दाबी गरेका छन ।

आज आइतबार भण्डारीले जारी गरेको विज्ञप्तिमा भनेका छन्, त्यसका अतिरिक्त कुनै व्यक्ति विशेष तथा संस्था विशेषप्रति पनि उहाँ (प्रधानमन्त्री) का कडा र अस्वाभाविक टिप्पणीहरू बाहिर आएका छन् ।

जस्तै  काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित तिखा टिप्पणीहरू चर्चामा छन् । भण्डारीले जनताबाट निर्वाचित मेयर महानगरलाई व्यवस्थित बनाउन क्रियाशील देखिएकाले उनीसँग कुनै समस्या भए बोलाएर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव समेत दिएका छन ।

विज्ञप्तिमा मुलुकको प्रधानमन्त्रीबाट सभ्य, सुसंस्कृत र परिपक्क व्यवहार तथा बोलीको अपेक्षा गरिएको उल्लेख गरीएको छ । विज्ञप्तिमा भनिएको छ ‘तर केही समयदेखि त्यस्तो अवस्था देखिएको छैन । पार्टी अध्यक्षको हैसियतले उहाँले पार्टी नेताहरूलाई विपक्षीका विरुद्धमा आक्रामक ढङ्गबाट प्रस्तुत हुन दिएको निर्देशनलाई आम नागरिकले सकारात्मक रूपमा लिएका छैनन्’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us