समाचार

उपलब्धि हासिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्नुहोस्: सञ्चार मन्त्री गुरुङ

२०८१ भदौ ३० गते १७:१९

काठमाण्डु, ३० भदौ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उपलब्धि हासिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन । आज आइतबार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै सञ्चार मन्त्री गुरुङले यस्तो निर्देश दिएका हुन ।...

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

२०८१ भदौ ३० गते १७:१४

काठमाण्डु, ३० भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेटवार्ता गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए...

एनआरएनएको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश

२०८१ भदौ ३० गते १७:०९

काठमाण्डु, ३० भदौ– सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकता विवादमा आरके शर्मासहित ४ जनाले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । आज आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ...

मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

२०८१ भदौ ३० गते १७:०२

काठमाण्डु, ३० भदौ– निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते उपनिर्वाचन तोक्न सरकारलाई सिफारिस गरेको छ । आज आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सरकारलाई प्रस्ताव गरेका हुन ।...

यी हुन् बढी उजुरी परेका प्रदेशका १० मन्त्रालय

२०८१ भदौ ३० गते १६:५९

काठमाण्डु, ३० भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी उजुरी परेका प्रदेशका १० मन्त्रालयको सूची सार्वजनिक गरेको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका उजुरी परेको अख्तियारले जनाएको छ । जुन मन्त्रालयविरुद्ध भ्रष्टाचारका कुल उजुरीको ३.७५ प्रतिशत उजुरी परेको अख्तियारले आइबार सार्वजनिक...

सभामुखलाई एकपक्षीय नबन्न माओवादीको आग्रह

२०८१ भदौ ३० गते १६:२७

काठमाण्डु ३० भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई एकपक्षीय नबन्न आग्रह गरेको छ । आज आइतबार नयाँ वानेश्वरमा सभामुख घिमिरेलाई भेटेर माओवादी नेताहरूले यस्तो आग्रह गरेका हुन । सभामुखले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने विषयमा आइतबार बिहान राष्ट्रिय दलको मान्यता...

अख्तियारद्वारा एक वर्षमा २०१ मुद्दा दर्ता

२०८१ भदौ ३० गते १६:०९

काठमाण्डु ३० भदौ– एक बर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०१ मुद्दा दर्ता गरेको छ । आज आइतबार अख्तियार दिवसको अवसरमा आयोगले आर्थिक वर्ष ०८०–८१ मा २०१ मुद्दा दर्ता भएको जानकारी दिएको हो । मुद्दाबापत १५४५ जनलाई प्रतिवादी बनाउँदै ८ अर्ब ४० करोड ६ लाख...

परराष्ट्रमन्त्री राणा क्यानडा जाँदै

२०८१ भदौ ३० गते १६:०१

काठमाण्डु ३० भदौ– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार क्यानडा जाने भएकी छन । महिला परराष्ट्रमन्त्रीको सम्मेलनमा भाग लिनका लागि उनी त्यतातर्फ जान आगेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । क्यानडाको कार्यक्रम सकाएर उनी उतैबाट अमेरिका जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।...

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

२०८१ भदौ ३० गते १५:१७

काठमाण्डु ३० भदौ– आज आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गर्दै १५ मिनेटका लागि स्थगित गरिएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठक आइतबार ३ः १५ बजे बस्नेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन । जनयुद्धलाई सभामुख...

अमेरिकामा ओली र मोदीबीच भेटको सम्भावना न्यून

२०८१ भदौ ३० गते १५:१३

काठमाण्डु ३० भदौ– भारतसँग चिसिँदै गएको सम्बन्धका कारण अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच हुने भनिएको साइडलाइन वार्ताको सम्भावना न्युन रहेको छ । भारत भ्रमणमा नगएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री...

दुई सातामै घट्यो अन्डाको भाउ

२०८१ भदौ ३० गते १५:०८

काठमाण्डु ३० भदौ– दुई साताभित्रै कुखुराको अन्डाको भाउ घटेको छ । गत १३ भदौमा घटेर तय भएको मूल्य फेरि २९ भदौमा पनि घटेको हो । अन्डा उत्पादन बढेसँगै मूल्य घटेको नेपाल लेयर्स कुखुरा पालक संघले जानकारी दिएको छ । यसअघि १३ भदौमा अन्डाको भाउ...

बालेनप्रति प्रधानमन्त्रीको अभिव्यक्ति अस्वाभाविक: कांग्रेस नेता भण्डारी

२०८१ भदौ ३० गते १४:५५

काठमाण्डु ३० भदौ– कांग्रेस नेता शङ्कर भण्डारीले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अस्वाभाविक भएको दाबी गरेका छन । आज आइतबार भण्डारीले जारी गरेको विज्ञप्तिमा भनेका छन्, त्यसका अतिरिक्त कुनै व्यक्ति विशेष तथा संस्था...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us