
काठमाण्डु ३० भदौ– भारतसँग चिसिँदै गएको सम्बन्धका कारण अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच हुने भनिएको साइडलाइन वार्ताको सम्भावना न्युन रहेको छ ।
भारत भ्रमणमा नगएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता गराउने प्रयास भइरहेको छ ।
त्यो प्रयासमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आफै लागेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयबाट नै यसका लागि प्रयास भइरहे पनि तर भारतीय पक्षबाट सकारात्मक जवाफ भने नआएको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिका कारण दुई देशको बिचमा दुरी बढ्दै गइरहेको छ ।
सो दुरी कम गराउने काम अमेरिकाको भेटघाटले गर्ने आशा गरिएको थियो । तर त्यसको सम्भावना क्षीण हुँदै गइरहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । भारतका प्रधानमन्त्री मोदी एक रात मात्र अमेरिकामा मात्र बस्ने भएकाले पनि भेटघाट असम्भव देखिएको स्रोतले जानकारी दिएको छ ।