अख्तियारद्वारा एक वर्षमा २०१ मुद्दा दर्ता

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १६:०९ मा प्रकाशित

काठमाण्डु ३० भदौ– एक बर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०१ मुद्दा दर्ता गरेको छ । आज आइतबार अख्तियार दिवसको अवसरमा आयोगले आर्थिक वर्ष ०८०–८१ मा २०१ मुद्दा दर्ता भएको जानकारी दिएको हो ।

मुद्दाबापत १५४५ जनलाई प्रतिवादी बनाउँदै ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो समेत मागदाबी भएको हो अख्तियारले जानकारी दिएको छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह, शिक्षा विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति पर्यटन तथा नागरिक उड्डयन,ऊर्जा, सञ्चार तथा सूचना प्रविधि र उद्योग मन्त्रालयमा धेरै उजुरी परेको आयोगले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us