उपलब्धि हासिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्नुहोस्: सञ्चार मन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १७:१९ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उपलब्धि हासिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन ।

आज आइतबार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै सञ्चार मन्त्री गुरुङले यस्तो निर्देश दिएका हुन । उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्री गुरुङले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको बताएका छन । उनले हरेक कुरामा विशिष्ट श्रेणी ल्याएर टप अफ द टबल हुनुपर्ने भन्दै काममा इमान्दारितापूर्वक लाग्न आग्रह समेत गरेका छन ।

उनले सबै मिलेर काम गर्दा असफल नभइने पनि बताएका छन । मन्त्री गुरुङले काममा ठग्ने र ढाँट्नेहरु आफूलाई मन नपर्ने भन्दै इमानपूर्वक काम गर्नेलाई सुझाव दिनका लागि आफ्नो ढोका सदैव खुला रहने पनि बताएका छन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उदाहरणीय मन्त्रालय बन्नेगरी काम गर्नुपर्ने उनले बताएका छन । उनले भने, ‘ म्रो मन्त्रालय हरेक कुरामा डिस्टिङसन ल्याएर टप अफ द टबल हुनुपर्छ ।

त्यसका लागि म सबै कर्मचारी साथीहरुलाई इमान्दारितापूर्वक लाग्न अनुरोध गर्न चाहन्छु । यो एक जनाको मात्रै काम होइन, सबैले मिलेर सफल बनाउने हो । हामी र हाम्रो मन्त्रायल २२ वटा मन्त्रालयमा फस्र्ट नै हुने हो । किन भनिरहेको छु भने ममा पनि एउटा आत्मविश्वास छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us