दुई सातामै घट्यो अन्डाको भाउ

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १५:०८ मा प्रकाशित

काठमाण्डु ३० भदौ– दुई साताभित्रै कुखुराको अन्डाको भाउ घटेको छ । गत १३ भदौमा घटेर तय भएको मूल्य फेरि २९ भदौमा पनि घटेको हो । अन्डा उत्पादन बढेसँगै मूल्य घटेको नेपाल लेयर्स कुखुरा पालक संघले जानकारी दिएको छ ।

यसअघि १३ भदौमा अन्डाको भाउ सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट कायम रहेको थियो ।

अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ ।

अन्डा उत्पादन बढ्दा भाउ घटेको संघ अध्यक्ष विनोद पोखरेलले जानकारी दिएका छन । उनले भने, ‘अहिले माउ कुखुरा बिक्री राम्रो भएको छैन, नयाँ चल्ला पनि धेरै हुर्केका छन्, जसले अन्डा उत्पादन बढायो ।’

किसानले पाउने यो भाउ चितवनका किसानको फार्मलाई आधार मानेर तय भएको पोखरेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us