समाचार

रवि लामिछाने दोषी रहेको संसदीय छानबिन समितिको निस्कर्ष

२०८१ भदौ ३१ गते ११:१३

काठमाण्डु, ३१ भदौ– सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार पारेको छ । समितिले आजको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । समितिले गोर्खा मिडिया प्रालिमा...

ओली आउने भएपछि बालेनद्वारा इन्द्रजात्रा बहिस्कार, कहाँ छन् बालेन ?

२०८१ भदौ ३१ गते ८:०८

काठमाण्डु, ३१ भदौ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) इन्द्रजात्रामा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री केपी ओली सहभागी हुने उक्त जात्रा छल्न बालेन भारत भएका छन् । आफूले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भन्दै बालेन बैंगलोर गएको उनको सचिवालय...

अनामनगरमा धोबीखोलाले चालकसहित ट्याक्सी बगायो

२०८१ भदौ ३१ गते ७:५५

काठमाण्डु, ३१ भदौ– भारी वर्षासँगै आएको बाढीले काठमाण्डुको अनामनगरस्थित धोबी खोलाले चालकसहित ट्याक्सी बगाएको छ । अनामनगरको मदन भण्डारी क्याम्पस नजिकबाट चालक र ट्याक्सी बगाएको हो । प्रहरीका अनुसार त्यतिबेला ट्याक्सीमा चालक मात्र थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी विश्व खड्काले चालक पौडिएर...

नारायणगढ-मुग्लिन खण्डमा सडक भासियो

२०८१ भदौ ३१ गते ७:४९

काठमाण्डु, ३१ भदौ– नारायणघाट–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–९ नौकिलोमा सडक भासिएको छ । आइतबार राति सडक भासिएपछि यातायात एकतर्फी सञ्चालन भएका छन् । चितवन प्रहरीका डिएसपी भेषराज रिजालले सडक तारजाली लगाइएको भाग भासिएको छ । करिब ५ मिटर सडक भासिएको उनले बताए ।...

सरकारद्वारा संघीय संसदका दुवै सदको अधिवेशन अन्त्य गर्न सिफारिस

२०८१ भदौ ३० गते १९:१९

काठमाण्डु, ३० भदौ– सरकारले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले सोमबार राति...

काँग्रेस नेताले विज्ञप्ति जारी गरी ओलीलाई भनेः बालेनको हुर्मत लिएको सुहाएन, सभ्य र सुसंस्कृत बन्नुस्

२०८१ भदौ ३० गते १९:१२

काठमाण्डु, ३० भदौ–काँग्रेस नेता शंकर भण्डारीले पार्टीगत स्वार्थभन्दा माथि उठ्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सांसदसमेत रहेका भण्डारीले राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थबाट माथि उठ्न आग्रह गरेका हुन् । भण्डारीले काठमाण्डु महानगरका मेयर बालेन्द्र साह (बालेन)...

१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

२०८१ भदौ ३० गते १८:५०

काठमाण्डु, ३० भदौ–सरकारले आगामी १६ मंसिरमा जनप्रतिनिधि रिक्त भएका स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद बैठकले १६ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दए । त्यसअघि आयोग पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी ओलीलाई भेटी १६...

ओली प्रधानमन्त्री भएपछि जनतामा उत्साह बढेको छः ज्ञवाली

२०८१ भदौ ३० गते १८:२९

काठमाण्डु, ३० भदौ– एमाले उपमहासचिप प्रदीपकुमार ज्ञवालीले संसदका प्रमुख दुई दल मिलेर सरकार बनाएपछि जनतामा आश्मविश्वास बढेको दाबी गरेका छन् । एमाले केन्द्रीय स्कुल विभागद्वारा आइतबार धनगढीमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ज्ञवालीले काँग्रेस–एमाले सरकार बनेपछि जनतामा उत्साह बढेको दाबी गरे । दुई दलको सरकार...

खैरो हेरोइनसहित कैलालीबाट ४ जना पक्राउ

२०८१ भदौ ३० गते १८:२२

काठमाण्डु ३० भदौ– प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकपुर घर भएका–२४ वर्षीय सुमित थारु, कञ्चनपुर घर भएका–३२ वर्षीय तेज भट्टराई, २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्का रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई...

गिरिबन्धु र भुटानी प्रकरणमा ओली र देउवा संलग्न रहेको प्रचण्डको आरोप

२०८१ भदौ ३० गते १८:१४

झापा, ३० भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी–स्टेट प्रकरणको छानबिन अगाडि बढाएपछि हठात आफ्नो सरकार ढालिएको बताएका छन् । झापाको विर्तामोडमा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा आइतबार उनले दुवै प्रकरणमा बालकोट (एमाले अध्यक्ष केपी ओली)...

झापाका पाका वामपन्थी नेता कन्दङवा माओवादी प्रवेश

२०८१ भदौ ३० गते १७:५८

झापा, ३० भदौ– पाका वामपन्थी नेता लोकबन्धु कन्दङ्वा माओवादी केन्द्र प्रवेश गरेका छन् । आइतबार विर्तामोडमा आयोजित माओवादी प्रशिक्षण कार्यक्रममा कन्दङवा पार्टी प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा स्वागत गरे । एमाले विभाजित हुँदा उनी एकीकृत समाजवादीमा लागेका थिए...

चितवनमा माइक्रो बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

२०८१ भदौ ३० गते १७:४६

काठमाण्डु, ३० भदौ– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा हाइस माइक्रो बसले ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् । माइक्रो बसले ठक्करबाट तनहुँको आबुखैरेनी गाउँपालिका–५ बस्ने ४१ वर्षीय सुकलाल गुरुङ गम्भीर घाइते भएका हुन् । कावासोतीबाट काठमाण्डु जाँदै गरेको प्र–३–०१–००५ ख ९७६६...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us