
काठमाण्डु, ३१ भदौ– भारी वर्षासँगै आएको बाढीले काठमाण्डुको अनामनगरस्थित धोबी खोलाले चालकसहित ट्याक्सी बगाएको छ ।
अनामनगरको मदन भण्डारी क्याम्पस नजिकबाट चालक र ट्याक्सी बगाएको हो ।
प्रहरीका अनुसार त्यतिबेला ट्याक्सीमा चालक मात्र थिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी विश्व खड्काले चालक पौडिएर बाँच्न सफल भएको जानकारी दिए ।
बगाएको ट्याक्सी करिब डेढ किलोमिटर तल राज बर्ड स्कुल नजिकै भेटिएका छ ।