झापाका पाका वामपन्थी नेता कन्दङवा माओवादी प्रवेश

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १७:५८ मा प्रकाशित

झापा, ३० भदौ– पाका वामपन्थी नेता लोकबन्धु कन्दङ्वा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

आइतबार विर्तामोडमा आयोजित माओवादी प्रशिक्षण कार्यक्रममा कन्दङवा पार्टी प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा स्वागत गरे ।

एमाले विभाजित हुँदा उनी एकीकृत समाजवादीमा लागेका थिए । समाजवादीको केन्द्रीय सदस्य रहेका उनी दुई वर्षअघि पार्टीसँगको सम्बन्ध त्यागेर दिएर स्वतन्त्र बसेका थिए ।

लामो समय एमाले राजनीतिमा सक्रिय उनी झापामा केपी ओलीका ‘खम्बा’ का रुपमा चिनिन्थे ।

उक्त कार्यक्रममा काँग्रेस–एमालेसहित विभिन्न पार्टीबाट ५० जना माओवादी प्रवेश गरेको सो पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us