चितवनमा माइक्रो बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १७:४६ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा हाइस माइक्रो बसले ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् ।

माइक्रो बसले ठक्करबाट तनहुँको आबुखैरेनी गाउँपालिका–५ बस्ने ४१ वर्षीय सुकलाल गुरुङ गम्भीर घाइते भएका हुन् । कावासोतीबाट काठमाण्डु जाँदै गरेको प्र–३–०१–००५ ख ९७६६ नम्बरको माइक्रो आज बिहान ६ बजे ठक्कर दिँदा गुरुङ गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते गुरुङलाई सोही माइक्रो बसले उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजमा ल्याएको पनि प्रहरीले जानकारी दिएको छ । बाटो क्रस गर्ने क्रममा गुरुङलाई माइक्रो बसले ठक्कर दिएको थियो ।

उनको टाउको र खुट्टामा चोट लागेको छ । माइक्रो बस र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us