ओली आउने भएपछि बालेनद्वारा इन्द्रजात्रा बहिस्कार, कहाँ छन् बालेन ?

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते ८:०८ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) इन्द्रजात्रामा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री केपी ओली सहभागी हुने उक्त जात्रा छल्न बालेन भारत भएका छन् ।

आफूले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भन्दै बालेन बैंगलोर गएको उनको सचिवालय श्रोतले जनाएको छ । मंगलबार काठमाण्डुमा इन्द्रजात्रा पर्व मनाइँदै छ । जात्रामा राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुने परम्परा छ ।

ओली र बालेनबीच पछिल्लो समय सार्वजनिक रुपमै भनाभन चलिहरेको छ । ओलीले सार्वजनिक कार्यक्रममा र बालेनले फेसबुकबाट एकअर्कालाई अपमानित र गालीगलोज गर्दै आएका छन् ।

ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बालेनलाई लक्षित गर्दै ‘एउटा केटो मनलाग्दी बोल्दै हिंडेको र जनसमर्थन रहेको नाममा कोही बोल्न नसकेको’ भन्दै उनीमाथि जाइलाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका थिए ।

एमालेद्वारा आयोजित स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशाला गोष्ठीमा बोल्ने क्रममा बालेनतर्फ संकेत गर्दै ओलीले भनेका थिए, ‘अहिले कहाँ एउटा केटो निस्कियो । त्यसले मनपरी बोल्छ । त्यसलाई चाहिँ चलाउनु हुँदैन है, त्यसलाई चलाउनु हुँदैन, त्योसँग जनमत छ अरे । नचलाएर उसको कुरा स्थापित हुँदै जान्छ दिनुहुन्छ ? तपाईं नचाहिने प्रचारहरु स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापति हुन्छ’, ओलीले भनेका थिए ।

ओलीको अभिव्यक्तिको जवाफ बालेनले शनिबार राति सााजिक सञ्जालबाट फर्काए । उनले ओलीका कारण पीडित बालिकाहरुको न्याय नपाएर मर्नुपरेको संगीन आरोप लगाए । सोही कारण आफूले बाल दिवसको शुभकामना नदिएको उनको भनाइ थियो । ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिन ,सो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्राउन चाहन्छ, ग्रहण गर्नुहोला’ बालेनले लेखेका छन् ।
बालेनले ओलीविरुद्ध अर्को पनि पोष्ट गरे, ‘नाबालिग कुट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ ।’
बालेनले एमाले गण्डकी प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले एक १४ वर्षीया बालिकालाई कानूनविपरीत घरेलु मजदुर राखेको र यातना दिएको आरोप लगाउँदै आएका छन् । महानगर प्रहरीले केही समयअघि ती बालिकालाई शर्माको घरबाट उद्धार गरेको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us