काठमाण्डु, ३० भदौ– एमाले उपमहासचिप प्रदीपकुमार ज्ञवालीले संसदका प्रमुख दुई दल मिलेर सरकार बनाएपछि जनतामा आश्मविश्वास बढेको दाबी गरेका छन् ।
एमाले केन्द्रीय स्कुल विभागद्वारा आइतबार धनगढीमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ज्ञवालीले काँग्रेस–एमाले सरकार बनेपछि जनतामा उत्साह बढेको दाबी गरे ।
दुई दलको सरकार बनेपछि देशमा परिर्वनको थालनी भएको उनको भनाइ थियो । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार जनचाहनाअनुसार बनेको र सरकारले सोहीअनुसार काम गरिरहेको जिकि ज्ञवालीको छ ।
नेता ज्ञवालीले आगामी ०८४ सालको आमनिर्वाचनमा एमालेले बहुमत ल्याएर एकल सरकार बनाउने दाबी पनि गरे । फरक प्रसंगमा उनले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीमा फर्किएर काम गर्न आग्रह गरे ।
सौराहामा सम्पन्न १०औं महाधिवेशनमा उपाध्यक्षमा दोहोरिन नचाहेर रावल आफैंले पार्टीसँग दूरी बनाएको टिप्पणी उनको छ ।