
काठमाण्डु, ३० भदौ–काँग्रेस नेता शंकर भण्डारीले पार्टीगत स्वार्थभन्दा माथि उठ्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सांसदसमेत रहेका भण्डारीले राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थबाट माथि उठ्न आग्रह गरेका हुन् । भण्डारीले काठमाण्डु
महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई निर्देशन दिने काम रोक्न पनि भनेका छन् । उनले काठमाण्डुको मेयरको हुर्मत लिने र सिंगो पार्टी पंक्तिलाई आलोचनाका लागि निर्देशन दिने विषय सुहाउँदो नभएको भण्डारीको भनाइ छ ।
कतिपय विषयमा प्रधानमन्त्रीले मेयरलाई बोलाएर सोध्न सक्ने भन्दै भण्डारीले प्रमुख दलको अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका ओलीबाट सभ्य, सुसंस्कृत र परिपक्व व्यवहार तथा बोलीको अपेक्षा हुने भए पनि त्यस्तो अवस्था नदेखिएको भण्डारीले बताए ।
प्रमुख दलको अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका ओलीबाट सभ्य, सुसंस्कृत र परिपक्व व्यवहार तथा बोलीको अपेक्षा हुने भए पनि त्यस्तो अवस्था नदेखिएको भण्डारीले बताए ।
‘नेकपा एमालेका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्यू मुलुकको महत्वपूर्ण राजनीतिक दलको प्रमुख हो भने मुुलुकको प्रधानमन्त्री पनि हो । स्वभावतः उहाँबाट सभ्य, सुसंस्कृत र परिपक्व व्यवहार तथा बोलीको अपेक्षा हुन्छ । उहाँका विचार, अभिव्यक्ति र व्यवहारले देशलाई निर्देशित गर्नुपर्दछ र आमनागरिकमा आशाको सञ्चार गराउने तथा आपसी सदभाव बढाउन मद्धत गर्नुपर्दछ’, भण्डारीले विज्ञप्तिमा भनेका छन्, ‘तर केही समयदेखि त्यस्तो अवस्था देखिएको छैन । पार्टी अध्यक्षका हैसियतले उहाँले पार्टी नेताहरुलाई विपक्षीका विरुद्धमा आक्रामक ढंगबाट प्रस्तुत हुन दिएको निर्देशनलाई आमनागरिकले सकारात्मक रुपमा लिएका छैनन् ।’
त्यस अलावा ओलीबाट कुनै व्यक्ति विशेष र स.स्था विशेषप्रति ओलीबाट कडा र अस्वभाविक टिप्पणी आउने गरेको भन्दै भण्ठडारीले आपत्ति जनाए । भण्डारीले ओलीबाट काठमाण्डु महानगरका मेयर बालेन्द्र साह (बालेन) प्रति तिखा अभिव्यक्ति चर्चामा रहेको उल्लेख गरे ।
‘काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति लक्षित तिखा टिप्पणीहरु चर्चामा छन् । काठमाण्डु महानगरका मेयरलाई जनताले निर्वाचित गरेका हुन् । काठमाण्डु महानगरलाई व्यवस्थित गराउनका निम्ति उनी क्रियाशिल नै देखिन्छन् । केही समस्या भए प्रधानमन्त्रीले अभिभावकत्व लिने, बोलाएर छलफल गर्ने हो । हुमर्त लिने तथा आलोचना गर्न सिंगो पार्टी पंक्तिलाई निर्देशन दिने विषय त्यति सुहाउँदो लागेन’, भण्डारीले विज्ञप्तिमा भनेका छन् ।