
काठमाण्डु, ३१ भदौ– नारायणघाट–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–९ नौकिलोमा सडक भासिएको छ ।
आइतबार राति सडक भासिएपछि यातायात एकतर्फी सञ्चालन भएका छन् ।
चितवन प्रहरीका डिएसपी भेषराज रिजालले सडक तारजाली लगाइएको भाग भासिएको छ । करिब ५ मिटर सडक भासिएको उनले बताए ।