समाचार

रवि लामिछानेसहितलाई कारबाही गर्न संसदीय छानबिन समितिको सिफारिस

२०८१ भदौ ३१ गते १६:५३

काठमाण्डु, ३१ भदौ– ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ । आज (सोमबार) समितिले प्रतिनिधि सभालाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ ।...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

२०८१ भदौ ३१ गते १६:३९

काठमाण्डु, ३१ भदौ– प्रहरीले पर्साबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा पसलबाट ४८ ग्राम ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । प्रहरीको विशेष टोलीले भारत विहार...

पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

२०८१ भदौ ३१ गते १६:२५

काठमाण्डु, ३१ भदौ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउने बताएका छन । आज सोमबार मन्त्रालयमा पत्रकारहरूसँगको छलफलमा मन्त्री पाण्डेले यस्तो बताएका हुन । उनले नागरिक उड्डयन र पर्यटन क्षेत्रको सुधार गर्न आवश्यक...

रवि लामिछानेले ‘क्लिन चिट’ पाउनुभएको छः स्वर्णिम वाग्ले

२०८१ भदौ ३१ गते १६:१२

काठमाण्डु, ३१ भदौ– रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोगका सम्बन्धमा क्लिन चिट पाएको दाबी गरेका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वाग्लेले यस्तो बताएका हुन । उपसभापति वाग्लेले भने,...

नियमित संसद्‌मा उपस्थित सांसदहरूको नाम सार्वजनिक गरियोस्ः रामहरि खतिवडा

२०८१ भदौ ३१ गते १६:०३

काठमाण्डु, ३१ भदौ– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले संसद्‌मा नियमित उपस्थित भएका सांसदका नाम सार्वजनिक गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै महिनाको अन्तिम दिन १० दिन अनुपस्थित रहेका सांसदहरूको नाम सार्वजनिक गरिने भएकाले अबदेखि नियमित उपस्थितिको...

नेपालको शिर निहुरिने कुनै काम गर्दिनः प्रधानमन्त्री ओली

२०८१ भदौ ३१ गते १५:३९

काठमाण्डु, ३१ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्नेगरी र इज्जत तल झर्नेगरी कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकमा संयुक्त राष्ट्र संघको महासभा बैठक र त्यहाँ हुने छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री...

सहकारी छानबिन समितिले संसद्लाई बुझायो प्रतिवेदन

२०८१ भदौ ३१ गते १५:३३

काठमाण्डु, ३१ भदौ– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले कार्यादेशअनुसार तयार पारेको प्रतिवेदन संसद्लाई बुझाएका छन् । उनले समितिमा परेका उजुरीका आधारमा समस्याको जरैदेखि तथ्य जानकारी लिएर सम्पादन गरेको बताएका छन...

सहकारी छानबिन समितिको प्रतिवेदनमा सर्वसम्मत

२०८१ भदौ ३१ गते १५:२२

काठमाण्डु, ३१ भदौ– सहकारी छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । उक्त प्रतिवेदन आज सोमबार नै संसदमा पेश गरिने सभापति सूर्य थापाले जानकारी दिएका छन । गत १५ जेठमा गठन भएको स‌ंसदीय विशेष समितिको २२ जेठमा पहिलो बैठक बसेको थियो...

उपसभामुखबारे प्रधानमन्त्रीले भनेः के विषय रहेछ भनेर सोध्न पनि नपाउने ?

२०८१ भदौ ३१ गते १५:१६

काठमाण्डु, ३१ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानामगरको विषय अनावश्यक उचालिएको बताएका छन । आज सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कतै उठ्दै नउठेको विषयमा अनावश्यक टिप्पणी भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले...

४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको समितिको निष्कर्ष

२०८१ भदौ ३१ गते १४:११

काठमाण्डु, ३१ भदौ– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्ष निकालेको छ । आज (सोमबार) अन्तिम रुप दिइएको समितिको प्रतिवेदनमा ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्षसहितको प्रतिवेदन तयार गरिएको समितिका एक...

मेटमणि चौधरीमाथि देश द्रोहको मुद्दा लागउनुपर्छ: एमाले सांसद ढकाल

२०८१ भदौ ३१ गते १४:०७

काठमाण्डु, ३१ भदौ– नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले पूर्वमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष मेटमणि चौधरीलाई देश द्रोहको मुद्दा लगाउन माग गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद ढकालले यस्तो माग गरेका हुन । उनले चौधरीको अभिव्यक्ति संविधानविरित तथा राष्ट्रघात...

सहकारी समितिको प्रतिवेदनमा हस्ताक्षर

२०८१ भदौ ३१ गते १४:००

काठमाण्डु, ३१ भदौ– सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पूर्णता पाएको छ । तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज सोमबार हस्ताक्षर गरीएको छ । आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us