रवि लामिछानेले ‘क्लिन चिट’ पाउनुभएको छः स्वर्णिम वाग्ले

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोगका सम्बन्धमा क्लिन चिट पाएको दाबी गरेका छन ।

आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वाग्लेले यस्तो बताएका हुन । उपसभापति वाग्लेले भने, ‘रवि लामिछानेजीले त आज क्लिन चिट पाउनुभएको छ मूल आरोपबाट । अव ठुला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू योबाट उजागर भएको छ’, वाग्लेले भने,‘अन्तत्वगत्वा संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’

उनले वास्तविक सहकारी पीडितको मुद्दा नछोड्ने पनि बताएका छन । सभापति रवि लामिछानेले अझै पनि आफूले उठाएको विषयलाई कसैले लिपपोत गरे आफूले प्रतिवाद नगर्ने बताएका छन ।

कार्यबहाक प्रवक्ता मनिष झाले समितिले ८३ अर्बको अवैध कारोबार भयो भनेको तर गोरखा मिडियामा ८५ करोडमात्र गएको भनेकाले ८२ अर्ब १५ करोड रुपैयाँ खोज्ने कि नखोज्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us