काठमाण्डु, १ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहेका बै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । पर्याप्त वर्षा भएर पर्याप्त अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको राष्ट्रपतिले बताएका छन्...
कैलाली, १ असोज– कैलाली कारागारमा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय दीपक विक छन् । घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय विक हाडनाता करणी मुद्दामा कारागार चलान भएका थिए । सोमबार अपराह्न शौचालयमा लडिरहेको अवस्थामा भेटिएका विकको सेती प्रादेशिक अस्पतालमा उपचारका...
काठमाण्डु, १ असोज– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी उपमहासचिव एवं सांसद मेटमणि चौधरीलाई कारबाहीको माग गरेका छन् । खनालले विज्ञप्ति जारी गर्दै चौधरीको अभिव्यक्तिलाई राष्ट्रियताविरोधी र देशद्रोही अभिव्यक्तिको संज्ञा दिए । आफ्नो दलको नेता र सांसद मात्र होइन सामान्य मानिसले समेत...
काठमाण्डु, १ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला आजदेखि राजधानीमा सुरू कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिन चल्ने भेलाको उद्घाटन सभापति रवि लामिछानेले गर्नेछन् । भेलामा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुने कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।...
काठमाण्डु, ३१ भदौ– सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सदस्य सांसद लेखनाथ दाहालले काँग्रेस उपसभापति धनराज गुरुङलाई कारबाही सिफारिस गरेको बताएका छन् । समितिले सोमबार प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा गुरुङलाई कारबाही सिफारिस गरेको दाहालले बताए । समितिले गोर्खा मिडिया...
काठमाण्डु, ३१ भदौ– उपत्यकाका खोला किनारासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलामा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट २० मिटर छोड्नुपर्ने र नदी...
काठमाण्डु, ३१ भदौ– ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले भारत सरकारले आफ्नो सामाजिक सञ्जाल एक्सको अकाउण्ट बन्द गर्न खोजेको आरोप लगाएका छन् । नेपालले सामाजिक सञ्जालमार्फत आफ्नो एक्स खाता बन्द गराउन भारतले रिपोर्ट गरेको दाबी गरेका छन् । एक्सले पठाएको पठाएको मेसेज भन्दै उनले सामाजिक...
काठमाण्डु, ३१ भदौ– प्रधानमन्त्री केपी ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कुनै निर्णय नभएको जिकिर गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले हुँदै नभएको विषयबारे संसदमा चर्चा भएको सञ्चार माध्यममा स्थान दिएको भन्दै असन्तुष्टि जनाए । संसद्मा प्रस्ताव नआएको र छलफल समेत नभएको...
दाङ, ३१ भदौ– आफूलाई मन्त्री नबनाएको झोकमा कांग्रेस लुम्बिनी प्रदेश सभाकी सचेतक निमा गिरीले राजीनामा दिएकी छन् । गिरीले सोमबार प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएकी हुन् । गिरीले प्रदेश सरकारमा मन्त्री बन्न प्रदेशदेखि काठमाण्डुसम्मका नेताहरुलाई लबिङ गरेकी थिइन । तर,...
काठमाण्डु, ३१ भदौ– नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा सोमबार खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन् । मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका–३ स्थायी ठेगाना भएर हाल काठमाडौँ बस्ने हिमकुमारी अधिकारीलाई...
काठमाण्डु, ३१ भदौ– सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सोमबार प्रतिनिधिसभामा आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले रास्वपा सभापति रवि लामिछानेमाथि कानूनी कारबाहीको सिफारिस गरेको छ । प्रतिवेदनमा सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी...
काठमाण्डु, ३१ भदौ– प्रधानमन्त्री केपी ओलीले छिमेकी मुलुकहरुलाई नेपालको हित चिताउन आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै ओलीले नेपालले छुद्र र जाली नभई असल छिमेकीको व्यवहारको अपेक्षा गरेको बताए । नेपाल सार्वभौमसत्ता सम्पन्न र स्वाधीन राष्ट्र भएको चर्चा गर्दै ओलीले राष्ट्रहितको...