आफूलाई एक्समा प्रतिबन्ध लगाउन भारतले पत्र लेखेको फणिन्द्र नेपालको दाबी

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते २०:४५ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले भारत सरकारले आफ्नो सामाजिक सञ्जाल एक्सको अकाउण्ट बन्द गर्न खोजेको आरोप लगाएका छन् ।
नेपालले सामाजिक सञ्जालमार्फत आफ्नो एक्स खाता बन्द गराउन भारतले रिपोर्ट गरेको दाबी गरेका छन् । एक्सले पठाएको पठाएको मेसेज भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोष्ट गरेका छन् ।

एक्समा राखेका सामग्री भारतको सूचना प्रविधिसम्बन्धी ऐन २००० को विरूद्धमा रहेको भन्दै भारत सरकारले रिपोर्ट गरेको सूचना एक्सले आफूलाई पठाएको नेपालले बताए ।

आफूले ग्रेटर नेपालको पक्षमा बोलेका कारण भारतले त्यस्तो गरेको उनको भनाइ छ । नेपालले आफू भारत सरकारको सत्रु बन्न सकेकामा गर्व रहेको बताएका छन् ।

उनले आफूमाथि कारबाही गर्न चाहेको भए नेपालको परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्न उनले भारतलाई चुनौती पनि दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us