काठमाण्डु, ३१ भदौ– वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद् बैठकले राउतलाई प्रधानन्यायधीश सिफारिस गर्ने निर्णय गरेको हो । संसदीय सुनुवाइबाट नाम अनुमोदन भए उनले मुलुकको सर्वोच्च न्यायालय हाँक्नेछन् । संसदीय सुनुवाइपछि राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।...
काठमाण्डु, ३१ भदौ– ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कले १० महिनादेखि घरभाडा नतिरेको खुलेको छ । भाडा नतिरेपछि घरधनीले घर खाली गर्न महानगरमा निवदेन समेत दिएका छन । मृगेन्द्रप्रसाद मिश्रको घरमा गोर्खा मिडियाले २५ भदौ २०७७ मा १० वर्षका लागि मासिक...
काठमाण्डु, ३१ भदौ– प्रहरीले ललितपुर महानगरपालिका वडा नम्बर–८ सौगलबाट नक्कली नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भएर भक्तपुर बस्दै आएका रमेश रोक्का रहेको प्रहरीले जानकारी दिएको छ । ३१ वर्षीय रोक्काको साथबाट १ हजार दरका ११५...
काठमाण्डु, ३१ भदौ– काङ्ग्रेस प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भए पनि दोषी होइन भनेर हिँड्न नमिल्ने बताएका छन । आज (सोमबार) प्रतिनिधि सभाको बैठक पश्चात् उनले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोष भन्नु मान्य...
काठमाण्डु, ३१ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २ असोजमा पुन विश्वासको मत लिने तयारी गरेका छन । तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन तयारी गरेका हुन । नेकपा माओवादी केन्द्रको समर्थनमा...
काठमाण्डु, ३१ भदौ– नागरिकता समस्या समाधानका लागि गृह मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको स्रोतले जानकारी दिएको छ । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव,...
काठमाण्डु, ३१ भदौ– सहकारीको रकम अपचलन विशेष छानबिनसम्बन्धी संसदीय समितिले सहकारीमा राख्न सकिने बचत र लिन सकिने कर्जाको अधिकतम सीमा निर्धारण गर्न सिफारिस गरेको छ । आज सोमबार समितिले सङ्घीय संसदमा पेस गरेको प्रतिवेदनमा बचत र कर्जाको अधिकतम सीमा निर्धारण गरी त्यसलाई कडाइका साथ...
काठमाण्डु, ३१ भदौ– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त घोषणा भइसकेका सहकारीहरू अब पुनः सञ्चालनमा आउन सक्ने सम्भावना क्षीण रहेको निष्कर्षमा पुगेको छ । सूर्य थापा नेतृत्वको समितिले यस्ता सहकारीको हरहिसाब फरफारक गर्न विज्ञ र चार्टर्ड एकाउन्टेन्टसहितको कार्य समूह...
काठमाण्डु, ३१ भदौ– संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रकम गोर्खा मिडियामा अपचलन भएको दाबी गरेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस समेत गरेको छ । आज...
काठमाण्डु, ३१ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि गरेका छन । आज सोमबार बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो दाबी गरेका हुन । उनले सहकारी संस्था...
काठमाण्डु, ३१ भदौ– ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारी बचत रकम अपचलनमा संलग्न रही फरार रहेका गितेन्द्रबाबु (जिबि) राईसहितका व्यक्तिहरूलाई शीघ्र खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । आज सोमबार समितिले तयार पारेको प्रतिवेदनको सुझाव...
काठमाण्डु, ३१ भदौ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खोला किनाराबाट २० मिटर छोड्नुपर्ने विवादमा सर्वोच्च अदालतबाट फैसला भएको कार्यान्वयन गर्न नसकिने भन्दै पूनरावलोकन दर्ता गराएको छ । सर्वोच्च अदालतले नदी किनारका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका बस्ती हटाउन बाटो खुल्ने गरी फैसला सुनाएको थियो ।...