
काठमाण्डु, ३१ भदौ– वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।
सोमबार बसेको संवैधानिक परिषद् बैठकले राउतलाई प्रधानन्यायधीश सिफारिस गर्ने निर्णय गरेको हो ।
संसदीय सुनुवाइबाट नाम अनुमोदन भए उनले मुलुकको सर्वोच्च न्यायालय हाँक्नेछन् ।
संसदीय सुनुवाइपछि राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । राउत प्रधानन्यायाधीश नियुक्त भए डेढ महिना न्यायपालिकाको नेतृत्वमा रहनेछन् । यसअघि शुक्रबार बसेको परिषद बैठकले उनको नाम सिफारिस गर्न सकेको थिएन ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी १८ असोजबाट अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिस भएको हो ।