
दाङ, ३१ भदौ– आफूलाई मन्त्री नबनाएको झोकमा कांग्रेस लुम्बिनी प्रदेश सभाकी सचेतक निमा गिरीले राजीनामा दिएकी छन् ।
गिरीले सोमबार प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएकी हुन् । गिरीले प्रदेश सरकारमा मन्त्री बन्न प्रदेशदेखि काठमाण्डुसम्मका नेताहरुलाई लबिङ गरेकी थिइन ।
तर, सभापति शेरबहादुर देउवाले उनलाई मन्त्री सिफारिस गरेनन् । यद्यपि राजीनामा पत्रमा गिरीले विविध कारणले सचेतकमा निरन्तरता दिन नसकेको उल्लेख गरेकी छन् ।
यसअघि मन्त्री नपाएकै झोकमा काँग्रेसको लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका थिए ।